वीरमा उपचाररत स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा सुधार
काठमाडौँ, १९ असार । वीर अस्पतालमा उपचाररत स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।
ज्वरो संगै पेट सम्वन्धी समस्या समाधान नभएपछि मन्त्री पौडेललाई गत शुक्रबार बेलुका वीर अस्पताल लगिएको थियो । उनको त्यहाँ भीआईपी क्याविनमा उपचार भईरहेको छ ।
अस्पतालका निर्देशक एवं उपचार टोली संयोजक डा दिलीप शर्माले मन्त्री पौडेलको स्वास्थ्यमा निकै सुधार आएको बताए । उनले अब छिटै नै डिस्चार्ज गरिने समेत जानकारी दिए । अहिले त औषधी पनि चलि रहेको छ । तर हामी छिटै नै डिस्चार्ज गर्ने योजनामा छौँ । उहाँको स्वास्थ्यमा राम्रो सुधार आएको छ ।
विभागीय मन्त्रीको भर्ना गरी उपचार गर्नु परेपछि वीर अस्पतालले निर्देशक डा शर्माको संयोजकत्वमा विज्ञहरु सम्मिलित चिकित्सकको टोली बनाएको थियो ।
सो टोलीमा डा मीनचन्द्र अधिकारी, डा ध्रुब गैरे, डा अनिल बराल, रविराम श्रेष्ठ, डा मुकेश शर्मा लगायतका अस्पतालका विभिन्न विभागका विभागीय प्रमुखहरु रहेका छन् ।
सम्पर्क इमेल : [email protected]