ब्युटिसियनले डेन्टल डाक्टरको काम गर्न थालेपछि………..

300
Shares
सांकेतिक तस्वीर : एआई

काठमाडौँ, १८ असार ।  दन्त चिकित्सकले गर्ने काम ब्युटि सलोनमा हुन थालेपछि नेपाल डेन्टल एसोसिएसन (एनडीए)ले आपत्ति जनाएको छ । उसले गैर चिकित्सकहरुबाट भईरहेको यस्ता कार्यहरु तत्काल रोक्न नेपाल व्युटि पार्लर संघको ध्यानाकर्षण गराएको छ ।

एनडीएका महासचिव डा प्रदीप भण्डारीका अनुसार काठमाडौँको कलंकी–रविभवन क्षेत्रस्थित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्त चिकित्सा सेवा प्रदान गरिरहेको छ ।

उक्त सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा लगाउने कार्यको भिडियो टिकटकमा राखेको र यस्ता गतिविधि गैरकानुनी भएको उल्लेख छ।

एनडीएले नेपाल ब्युटी पार्लर संघलाई लेखेको पत्रमा यस्ता अनैतिक र स्वास्थ्य जोखिमयुक्त गतिविधि तत्काल रोक्न भनेको छ ।

नेपालको प्रचलित कानुनअनुसार दन्त चिकित्सा सम्बन्धी कार्य नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित दन्त चिकित्सकले मात्र गर्न पाउने व्यवस्था छ। तर, गैर–लाइसेन्स प्राप्त व्यक्तिबाट यस्ता सेवा प्रदान गर्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम निम्तिन सक्ने एसोसिएसनको ठहर छ।

महासचिव डा भण्डारीले सोसल मिडियामा देखेर त्यस्ता सैलुन र पार्लरमा गएर आफ्नो मुख स्वास्थ्यको गम्भिर संकट निम्त्याउने कार्य नगर्न र सबै सचेत नागरिकलाई यस विरुद्ध सम्वन्धित निकायमा उजुरी दिन समेत हार्दिक अपिल गरे्का छन् ।

यस्तै उनले यस्ता गतिविधिले ब्युटी पार्लर व्यवसायको साखमाथि समेत प्रश्न उठेको भन्दै तत्काल रोक्न र यस्ता कार्य दोहोरिन नदिन नेपाल ब्युटी पार्लर संघलाई कडा कदम चाल्न आग्रह गरेका छन् ।

एसोसियसनले चेतावनी दिँदै आवश्यक कदम नचालिए कानुनी कारबाही अगाडि बढाउने बताएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *