राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण

112
Shares

काठमाडौँ, १८ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार तथा एमआरआई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा उनले अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताए ।

उनले भने, ‘ट्रमा अस्पतालको प्रोटोकल अनुसार अस्पतालको बेड क्षमताको ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्छ भन्ने छ । नेपाल सरकारको एकमात्र विशिष्टकृत ट्रमा सेन्टरमा दुई सय बेडको क्षमता भएपनि जम्मा १० बेडमात्र आईसियु सेवा रहेको छ । यो अस्पतालमा अति आवश्यक पर्ने एमआरआई सेवासमेत नरहेको अवस्था छ ।’

उनले ट्रमाका  बिरामीहरुले आईसियुको अभावमा अन्यत्र जानुपर्ने तथा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *