के भएको हो स्वास्थ्य मन्त्री पौडेललाई ?

स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा सुधार : अस्पताल

काठमाडौँ, १६ असार । वीर अस्पतालमा उपचाररत स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालले केही वेर अघि विज्ञप्ती जारी गर्दै मन्त्री पौडेलको स्वास्थ्यमा सुधार आएको बताएको छ ।

ज्वरो आउने, बान्ता हुने पखला लाग्ने जस्ता समस्या भएपछि मन्त्री पौडेललाई शुक्रबार नै वीर अस्पतालमा भर्ना गरी उपचार सुरु भएको थियो । उनको उपचारका लागि अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा विज्ञ चिकित्सकहरुको टिम बनाइएको छ ।

जसमा डा मीनचन्द्र अधिकारी, डा ध्रुब गैरे, डा अनिल बराल, रविराम श्रेष्ठ, डा मुकेश शर्मा लगायतका अस्पतालका विभिन्न विभागका विभागीय प्रमुखहरु रहेका छन् ।

के भएको हो स्वास्थ्य मन्त्री पौडेललाई ?

भर्ना भएको तेस्रो दिन भईसक्दा पनि अस्पतालले मन्त्री पौडेललाई खास के समस्या भएको हो भनेर खुलाएको छैन । आज जारी विज्ञप्तीमा पनि ज्वरो आई भर्ना भएको र स्वास्थ्यमा क्रमिश सुधार भएको उल्लेख छ ।

अस्पताल उच्च स्रोतले  भने चिकित्सकको टोलीले मन्त्री पौडेललाई ग्यास्ट्रोसंग सम्वन्धित समस्या भएको निष्कर्ष निकालेर उपचार थालेको छ ।

‘पेट तथा आन्द्रासंग सम्वन्धित समस्या हो । त्यसैले ती विषयसंग सम्वन्धित चिकित्सकहरु उपचारमा खटिएका छन् । ज्वरो आयो, एक दुई पटक पातलो दिसा तथा बान्ता हुने समस्या पनि भएको रहेछ । तर यी सबै समस्याहरुमा सुधार आईसकेको छ,’ स्रोतले भन्यो ।

ज्वरो आउने समस्या मन्त्री पौडेललाई केही अघि देखि नै भएको थियो । बीचमा सुधार भएपछि उनी थाइल्याण्डको बैंककमा मन्त्रीस्तरीय एक कार्यक्रममा भाग लिन पुगेका थिए । गत शुक्रबार विहान स्वदेश फर्किएका मन्त्रीलाई पुन: समस्या बल्झिएपछि सोही दिन बेलुका उपचारका लागि वीर अस्पताल लगिएको हो ।

उनको त्यहाँ रहेको भिआईपी क्याविनमा भर्ना गरि उपचार भईरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *