केडीसीको ‘न्युरो मस्कुलर डेन्टिष्ट्रि विभाग’ले प्रथम बार्षिकोत्सव मनायो

काठमाडौँ, १५ असार । मुख तथा दन्त स्वास्थ्यमा नयाँ पन दिनका लागि प्रयास गर्ने बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज (केडीसी) ले ठ्याक्कै एक वर्ष अघि न्युरो मस्कुलर डेन्टिष्ट्रि विभाग सञ्चालनमा ल्याएको थियो ।

अनुहारको हाड जोर्नी (टीएमजे) को समस्या मोटोपन वा अन्य कारणले घुर्ने समस्या, टाउको अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृति नमिलेको समस्या, खेलकुद सम्वन्धि दन्त चिकित्सक जस्ता समस्याहरुको लागि विना शल्यक्रिया वा शल्यक्रियासहितको उपचार सेवा दिनका लागि यो विभाग खोलिएको केडीसीले जनाएको थियो ।

त्यस यताको एक वर्षमा सेवा ४३ जनाले यो सेवा लिएका छन् ।

‘सेवा नयाँ हो, आम नागरिकलाई यसबारेमा थाहा पनि छैन । तर पनि ओपिडी तथा परामर्शका लागि २६६ बढीको आगमन भयो । ४३ जनाले त उपचार नै गराए,’ डा अंकित शाहले भने ।

त्यसो त केडीसीमा विसं २०७३ साल देखि नै आथ्र्रोस्कोपी, दाग विनाको टीएमजे सर्जरी र टीजेआर (अनुहारको हाड जोर्नी प्रत्यारोपण) जस्ता सेवाहरु सञ्चालनमा छ । तर, गतवर्ष देखि आफूहरुले यी सेवालाई थप परिस्कृत गर्नका लागि विश्वकै उत्कृष्ठ मानिने ‘के ७’ भनिने ज ट्रयाकर, ‘जे ५’ टेन्स, ओक्लुसेन्स, निद्रा तथा घुर्ने समस्या अध्ययन गर्ने जस्ता नयाँ उपकरण भित्र्याएर सेवा दिन थालेको केडीसीका अध्यष डा बुद्धिमान श्रेष्ठले बताए । उनले अगाडी थपे ‘यस किसिमको बहु विभागीय चिकित्सा सेवा एउटै छानामुनी विश्वभरमा नै बिरलै मात्रै स्थापना भएको हुन्छ । यसमा न्युरोमस्कुलर डेन्टिष्ट्रि, क्रेनियोफेसियल सर्जरी, इएनटी, स्लिप मेडिसिन, न्युरोलोजी, अर्थो डोन्टिक्स, लगायतका अन्य दन्त सेवा विभागको सहकार्य रहने छ।

आइतबार अस्पतालमा आयोजित बार्षिकोत्सव समारोहमा विभागीय चिकित्सक तथा कर्मचारीहरुले केक काटेर मनाए ।

सो अवसरमा बोल्दै डा. शाहले मुखको जोइन्टको डाइग्नोसिस र ट्रिटमेन्टको लागि विभागको खोलिएको र विस्तारै उपचार समेत थालिएको बताए । यो खालको समस्या त्यति पर्याप्त त हुँदैन तर जव हुन्छ त्यसले बहुत ठूलो समस्या हुन्छ । त्यसैले सुरुवातमै यस खालका समस्याहरुको पहिचान र उपचार गरौँ ।

यस्तै सोही विभागकी अर्कि चिकित्सक डा ज्योति नेपालले पनि आफ्नो विभागले सुरु गरेको सेवा र उपलव्धीबारेमा बताएकी थिईन ।

अस्पतालकी निर्देशक डा प्रतिक्षा श्रेष्ठले आगामी दिनमा सेवालाई थप परिस्कृत गर्दैै लैजाने भन्दै मुख तथा दन्त उपचारमा केडीसीलाई अझ अगाडी बढाउने दिशामा आफू लाग्ने बताईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *