नरदेवीको निर्देशकमा डा. बासुदेव र आयुर्वेद तालीम केन्द्रको प्रमुखमा डा. ठाकुर

460
Shares

काठमाडौं, १० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद चिकित्सालय नरदेवी र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै नरदेवीको निर्देशकमा डा बासुदेव जनार्दन उपाध्यायलाई जिम्मेवारी दिएका छन् ।

यस्तै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा डा सन्तोष कुमार ठाकुरलाई लगेका छन् ।

यसअघि नरदेवीमा रामदेव यादव निमित्त निर्देशकको रुपमा कार्यरत थिए भने कीर्तिपुरमा डा राम आधार यादव प्रमुख थिए।

नरदेवीका निर्देशक बनेका डा उपाध्याय लामो समय आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक बनेका थिए ।

उनी पछिल्लो पटक लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बनेर फर्किएका हुन् ।

उनी एघारौँ तहका चिकित्सक हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *