आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा. श्याममणि अधिकारी नियुक्त

72
Shares

काठमाडौँ, १० असार । आयुर्वेद चिकित्सा परिषद् (काउन्सिल) नेपालको अध्यक्षमा डा. श्याममणि अधिकारी नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा. अधिकारीलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेका हुन्।

डा. अधिकारी आयुर्वेद क्षेत्रका विज्ञका रुपमा चिनिन्छन्। उनले नेपालको स्वास्थ्य सेवामा ३३ वर्षभन्दा बढी समय काम गरेर अवकाश पाएका हुन्।

त्यसैगरी, काउन्सिलको सदस्यहरुमा नरदेवी अस्पतालमा कार्यरत डा. ऐश्वर्य श्रेष्ठ, दाङको  प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा. प्रवेश श्रीवास्ताव र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा. शिवमंगल प्रसाद नियुक्त भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *