आवासीय चिकित्सकको सेवा सुविधाका सन्दर्भमा राष्ट्रिय चिकित्सक संघले जारी गर्यो नौ बुँदे अपिल
काठमाडौँ, ८ असार । राष्ट्रिय चिकित्सक संघ नेपालले देशमा सञ्चालित मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई आवासीय चिकित्सक सुविधा लक्षित कार्यक्रमहरु ल्याउन नौ बुँदे अपिल जारी गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष डा विकास गौचन र महासचिव डा सम्राट पराजुलीको हस्ताक्षरमा जारी अपिलमा आवासीय चिकित्सकलाई आठौँ तहको अधिकृत सरहको निर्वाह भत्ता मासिक रुपमा उपलव्ध गराउनु पर्ने देखि उनीहरुको परिवारलाई स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने सम्मको माग गरिएको छ ।
यस्तै अनिवार्य रुपमा फोर्स लिभ पाउनु पर्ने, निशुल्क आवास र अनुसन्धानको बजेट, सहज परामर्श तथा हेल्पलाइनको व्यवस्था गर्न समेत माग गरिएको छ ।
यस्तै मेडिकल कलेज र प्रतिष्ठान बिशिष्ट सेवा क्षेत्र कायम गरी सम्पूर्ण चिकित्सकलाई सुरक्षित रुपमा काम गर्ने व्यवस्था गर्न, साथै मेडिकल कलेजहरुका अस्पतालहरुमा हिंसाबिरुद्ध सुन्य सहनशीलताको नीति लागू गर्न समेत भनिएको छ ।
यस्तै प्रत्येक कलेजले सम्पूर्ण विभागमा कम्तिमा एक जना प्राध्यापक, एक जना सहप्राध्यापक र दुई जना उपप्राध्यापक सुनिश्चिित गरी तहगत सेवा सुविधा सुनश्चित गरेपछि मात्र एमडीएमएस कार्यक्रम सञ्चालन गर्ने भनिएको छ ।
हेर्नुहोस अपिल
सम्पर्क इमेल : [email protected]