स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटी गम्भीर बिरामी, शिक्षण अस्पतालको आईसीयूमा उपचार हुँदै

काठमाडौँ, ६ असार । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटी गम्भीर बिरामी परेका छन् । तीन दिन देखि उनलाई त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरि उपचार गरिएको छ । यद्धपी उनको स्वास्थ्य अवस्था भने सुधारोन्मुख देखिएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् ।

उनको उपचारमा सम्लग्न चिकित्सक डा. शान्तकुमार दासका अनुसार डा. बाराकोटीलाई तीन दिन अघि परीक्षणका क्रममा निमोनिया देखिएको थियो । ‘जीउ दुख्ने, ज्वरो आउने र सास फेर्न गाह्रो हुने भएपछि म कहाँ आउनु भएको थियो । एक्सरे गरेर हेर्दा निमोनिया देखियो । त्यसपछि तत्कालै भर्ना गरिहाल्यौँ । अहिले अक्सिजन लेभल पनि घटाएका छौँ । भोली आईसीयूबाट वार्ड तर्फ सार्ने योजना बनेको छ,’ डा. दासले भने ।

उनले डा. बाराकोटीलाई एक्युट निमोनिया भएको समेत बताए । ‘यसअघि त हेल्दी नै हुनुहुन्थ्यो । अस्ति तिर पोखरा तिर जानु भएको रहेछ । त्यसबाट फर्केर आएको भोलीपल्टबाट जीउ दुखेर सास फेर्न गाह्रो भएको रहेछ । त्यसपछि हामीलाई देखाउन आईहाल्नु भयो । तत्कालै उपचार सुरु गर्न पाईहालियो । अहिले सहज रुपमा सुधार देखियो पनि,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटी गम्भीर बिरामी, शिक्षण अस्पतालको आईसीयूमा उपचार हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *