कोशी प्रदेशमा स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५१ करोड ७१ लाख बजेट

काठमाडौँ, १ असार । कोशी प्रदेशको आज प्रस्तुत बजेटमा स्वास्थ्य तर्फको सम्वोधनमा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियानमार्फत चालु आर्थिक वर्षका लागि स्वास्थ्य सेवाको क्षेत्रमा तीन अर्ब ५१ करोड ७१ लाख बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त रकम विनियोजन गरेका हुन् ।
बजेटमा शैलजा आचार्य हृदय रोग केन्द्रलाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्त्तरण गरिने, प्रदेशका अस्पतालमा सेवा विस्तारका लागि आश्यक पर्ने उपकरण र जनशक्तिका लागि ६ करोड ५५ लाख विनियोजन गर्ने, , योग अभ्यास, स्वस्थ जीवनशैली, भान्सासुधर तथा नसर्ने रोगको नियमित स्क्रिनिङ्ग जस्ता कार्यक्रमलाईअस्पताल, आयर्वुेद स्वास्थ्य केन्द्र एवम् स्वास्थ्य कार्यालय मार्फत स्थानीय समदुायसम्म विस्तार गर्न आवश्यक बजेट विनियोजन, महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै निरन्तर सेवाको लागि अभिप्रेरित गर्न आवश्यक बजेटको व्यवस्था गरेको छ ।
खोटाङ जिल्लामा निजी क्षेत्रको साझेदारीमा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना तथा सञ्चालन गर्न रु. ३ करोड विनियोजन गरेको छ ।
त्यसैगरी, महिलामा हुने पाठेघरको मखुको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या लगाएतका सेवाको ब्यवस्था गर्ने, विद्यालय नर्सङ्गि सेवा कार्यक्रमलाई निरन्तरता, प्रदेश मातहतका सरकारी अस्पतालमा आउने लक्षित वर्गक गर्भवती महिलाहरुको स्वास्थ्य जाँच लगायतको व्यवस्था गरेको छ । दश वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचारको ब्यवस्था गरिने कार्यक्रम अघि सारेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
