शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधि बेचबिखनमा प्रतिबन्ध

128
Shares

 

काठमाडौँ, १ असार । औषधि व्यवस्था विभागले पर्साको शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधि बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।

विभागद्धारा जारी सूचना अनुसार बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएपछि फार्मालिंकद्धारा उत्पादित ब्याच नम्बर एन १९२४०३ नम्बरको सेफिट्रक्जोन इन्जेक्शन न्यून गुणस्तरको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बेचबिखन रोक्का गरिएको जनाएको छ ।

उक्त औषधि बजारबाट तुरुन्त फिर्ता लगी सोको विवरण पेश गर्न पनि विभागले निर्देशन दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *