औषधीको मूल्य नीति सम्वन्धी प्रतिवेदनको बिरोधमा नौ संस्थाहरुले दिए मुखमा कालोपट्टी बाधेर विभागमा धर्ना

132
Shares

 

काठमाडौँ, ३० जेठ । औषधीको मूल्य नीति सम्वन्धी प्रतिवेदनको बिरोध गर्दै नौ संस्थाहरुले मुखमा कालोपट्टी बाधेर औषधी विभागमा धर्ना दिएका छन् ।

औषधीको मूल्य नीति सुझाव समितिले गत २७ जेठमा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदन प्रति चर्को असन्तुष्ठी जनाउदै औषधी सम्वद्ध नौ वटा व्यवसायिक संस्थाहरुले मुखमा कालोपट्टी बाधेर शुक्रबार दिउसो विभागमा धर्ना दिएका हुन् ।

प्रतिवेदन खारेजी वा पुर्नलेखनको माग गर्दै आएका व्यवसायीहरुले दिईएको अल्टीमेटममा सरकारको तर्फबाट कुनै सुनुवाई नभएको भन्दै बिरोधमा उत्रिनु परेको उनीहरुले बताएका छन् ।

बिरोधमा उत्रिने संस्थाहरुमा नेपाल औषधी उत्पादक संघ, नेपाल औषधी व्यवसायी संघ, नेपाल औषधी आयातकर्ता संघ, नेपाल चिकित्सक संघ, नेपाल पशुपक्षी औषधी व्यवसायी संघ रहेका छन् ।

यस्तै रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, नेपाल आयुर्वेद औषधी उत्पादक संघ, नेपाल निजी अस्पताल संघ, र नेपाल औषधी थोक व्यवसायी संघ रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *