अनेरास्ववियुको अध्यक्ष पदमा डा. सुजन कडरिया निर्वाचित, महासचिवमा धामी

64
Shares

काठमाडौँ, ३० जेठ । नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै डा कडरिया निर्वाचित भएका हुन् । डा. कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।

कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो ।

अध्यक्षमा निर्वाचित कडरिया मेडिकल डाक्टर हुन् ।

दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए ।

त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।

पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।

अरु को को पदाधिकारीहरु निर्वाचित भए ?
अध्यक्ष: सुजन कडरिया
उपाध्यक्ष :अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव : दिपक धामि
उपमहासचिव: कमल जोशी
सचिव :आकाश घर्ती
सचिव:  रचना सापकोटा
सचिव : समिम बाबु
सचिव : गोपाल नेपाल
आयोग अध्यक्ष : प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *