तीन दिन भित्र काजफिर्ता र सरुवा कार्यान्वयन गर्न मातहतका निकायलाई स्वास्थ्यको निर्देशन
काज फिर्ता र सरुवाको निर्णय कार्यान्वयन नभए अटेरी कर्मचारीको तलवभत्ता हाकिमबाटै असुल गरिने
काठमाडौँ, २८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा काजमा कार्यरत रहेका र सरुवा भएर पनि रमाना बाँकी रहेका कर्मचारीको काम तीन दिन भित्र टुंग्याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले पत्रमा तोकिएको अवधी भित्र यो काम नभए त्यहाँ रहेका कर्मचारीहरुले भुक्तानी लिएको तलव भत्ता लगाएतको सेवा सुविधा बापतको रकम कार्यालय प्रमुखबाट असुल गरी नियमानुसार विभागीय कार्वाही गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा राजनीतिक पहुँच, आफन्त र चिनजानको आधारमा थुप्रै कर्मचारीहरु काजमा बस्ने र सरुवा हुन नमान्ने अवस्था रहेको छ ।
यसले कतिपय स्थानमा आवश्यकता भन्दा धेरै कर्मचारी हुने र कतिपय स्थानमा अभावै अभाव हुने भएको छ ।
त्यसो त काज फिर्ता र सरुवा भएको ठाउँमा जानु पर्ने खानलका निर्देशन विगतमा पटक पटक भएका हुन्, त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।
यसपटक मन्त्रालयले कडा चिठी लेखेर सो विषयमा ताकेता गरेको छ । त्यसको कार्यान्वयन कति हुने त्यो भने हेर्न बाँकी छ ।
सम्पर्क इमेल : [email protected]