नेपाल मेडिसिटी अस्पतालको सिईओमा डा. तोमर नियुक्त

काठमाडौँ, २८ जेठ । नेपाल मेडिसिटी हस्पिटलको सिईओमा डा.अमित तोमर नियुक्त भएका छन् । अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार मंगलबार तोमर सिईओमा नियुक्त भएका हुन् ।
हस्पिटल म्यानेजमेन्टमामा युनिभर्सिटी अफ लिड्स (युके) बाट मास्टर गरेका तोमर हस्पिटल एण्ड हेल्थकेयर क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव हाँसिल गरेका व्यक्तित्व हुन् ।
मेडिसिटी अस्पताललाई हेल्थकेयर एक्सलेन्समा नयाँ उचाईंमा पुर्याउनको लागि नवनियुक्त सिईओको भूमिका महत्वपूर्ण हुने पनि अस्पताल प्रशासनले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




