राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल पदाधिकारी घोषणामा विवाद भएपछि प्रतिनिधिसंग पुन: छलफल हुँदै

452
Shares

काठमाडौँ, १९ जेठ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको नेतृत्व चयनमा विवाद भएको छ । अध्यक्ष मण्डलले दिउसो एकाएक पदाधिकारीको नाम घोषणा गरेपछि प्रतिनिधिहरुले विरोध जनाएका हुन् ।

अध्यक्ष मण्डल अहिले पुन: प्रतिनिधिसंग छलफलमा बसेको छ ।

पदाधिकारीमा क कसको नाम आयो ?

नौ सदस्यीय पदाधिकारीमा डा. सन्तोष पौडेललाई अध्यक्ष घोषित गरिएको थियो ।

उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल भनिएको थियो । महासचिव पदमा भीमराज सिंहलाई तोकिएको थियो । यसैगरी उपमहासचिव पदमा खगराज पोखरेल, सचिव पदमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसीको नाम पढेर सुनाइएको थियो ।

उम्मेद्धारी दिने एउटा पदमा नाम अर्कै पदमा आएको भन्दै प्रतिनिधिहरुले होहल्ला गरेका थिए ।

उपत्यका बाहिरका कतिपय प्रतिनिधि भने फर्किन थालेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *