आगामी वर्षका लागि विनियोजित कुल बजेटमा स्वास्थ्यको हिस्सा ४.८८ प्रतिशत
काठमाडौँ, १५जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कुल बजेटको ४.८८ प्रतिशत बजेट हिस्सा प्राप्त गरेको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको आर्थिक वर्ष २०८२/०८३ का लागि कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड बजेट बिनियोजन गरेको सुनाएका थिए । तर स्वास्थ्यमा उनले ९५ अर्ब ८१ करोड बिनियोजन विनियोजन गरेका छन् । यो कुल बजेटको ४.८८ प्रतिशत हो ।
गत वर्षको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायका लागि कुल ८६ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । यो रकम कुल राष्ट्रिय बजेटको ४.६४ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा थोरै मात्रै प्रतिशत बढेको हो ।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यका कुल बजेटको कम्तिमा १० प्रतिशत हुनुपर्ने सुझाव दिदै आएको छ ।
सम्पर्क इमेल : [email protected]