राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा गौचन निर्वाचित, महासचिवमा डा. पराजुली
काठमाडौँ, १० जेठ । राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्ष पदमा प्राडा विकास गौचन निर्वाचित भएका छन् । चितवनमा आज सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्राडा गौचनको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
निर्वाचन समितिका अनुसार संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डित निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा डा सम्राट पराजुली निर्वाचित भएका छन् ।
सचिवमा डा अरुण उप्रेती, डा अमन न्यौपाने, डा आधिराज आचार्य र डा वर्षा थापा रहेका छन् ।
४१ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९ जना पदाधिकारी हुन् भने बाँकी ३२ जना केन्द्रीय सदस्यहरु हुन् ।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने बताइएको छ ।
यसअघि सम्मेलनको उद्घाटन गर्न नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता कृष्ण गोपाल श्रेष्ठ चितवन पुगेका थिए ।
सम्पर्क इमेल : [email protected]