राष्ट्रिय चिकित्सक संघ नेपाल तेस्रो राष्ट्रिय सम्मेलन : नेतृत्व छनौटका लागि निर्वाचन आज

248
Shares

काठमाडौँ, १० जेठ । चितवनमा हिजो देखि सुरु भएको राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन हुँदैछ । आज विहान साढे ८ बजे देखि निर्वाचन कार्यक्रम अघि बढ्ने बुझिएको छ ।

शुक्रबार राती साढे ११ बजेसम्म उद्घाटन सत्र चलेको थियो । त्यसपछि राती केही वेर बन्द सत्र सञ्चालन गरेर रोकिएको थियो । आज विहान साढे ८ बजे देखि बन्द सत्र तथा निर्वाचन कार्यक्रम अघि बढाउने तयारी भएको छ ।

बन्द सत्रले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष रामहरि ढकालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
सो समितिले काम अघि बढाउन तयारी गरेको छ ।

शुक्रबार राती नै नयाँ नेतृत्वका लागि आकाक्षीबारे सोधिएको छ । अध्यक्षमा डा कृष्ण अधिकारी, डा विकास गौचन, डा रणजीत झा लगायतले ईच्छा व्यक्त गरेका छन् । महासचिवमा डा मिलन गैरे, डा सम्राट पराजुली लगायतले इच्छा देखाएका छन् ।

यस्तै अन्य पदहरुका लागि पनि नामहरु आइरहेको बताइएको छ ।

सकेसम्म सहमति र नभए निर्वाचनबाट नेतृत्व चयन गर्नेमा संगठनका प्रतिनिधि तथा अगुवाले मनस्थिति बनाएका छन् । चितवनमा जारी सम्मेलनमा दुई सय बढी प्रतिनिधि सहभागी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *