सर्वसाधारणको स्वास्थ्य उपचार महँगो भयो : सांसद कुँवर
काठमाडौँ, ६ जेठ । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सर्वसाधारण नागरिकका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कुँवरले सो कुरा बताएका हुन् ।
उनले राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवं जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गरे ।
सांसद कुँवरले राष्ट्रको लागि महत्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति र पूर्व जनप्रतिनिधिको नि:शुल्क उपचारका लागि सरकारसँग माग गरेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]