दमौली अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

12
Shares

तनहुँ, ३० वैशाख । प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ ।

अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौँ पुर्याउनुपर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।

स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा परिवर्तन बरालले जानकारी दिए ।

अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने महिलालाई रेफर पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।

गाइनोलोजिष्ट कुमार विष्ट सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल जानुभएपछि विशेषज्ञ सेवा प्रभावित भएको डा बराल बताए ।

उनले भने, “गाइनोलोजिष्ट नहुँदा सेवा प्रभावित भएको सम्बन्धित निकायमा जानकारी गराएको छु, तर सुनुवाइ हुन सकिरहेको छैन ।” अस्पतालमा ‘सजनर्’ नहुँदा दैनिक कम्तीमा एक जनालाई बाहिर पठाउनु बाध्यता छ । आवश्यकताका लागि विज्ञापन प्रकाशित गरे आवेदन नपरेको डा बरालले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *