चितवनमा रेबिजबाट एक जनाको मृत्यु
चितवन, २५ वैशाख । रेबिज रोगबाट इच्छाकामना गाउँपालिका– २ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि बुधबार अस्पताल भर्ना भएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]