ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

ताप्लेजुङ, २४ चैत । ताप्लेजुङ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।

सङ्घीय सरकारको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन जिल्ला अस्पताललाई उपलब्ध गराइएको हो।

उक्त स्वास्थ्य सामग्री अर्थात एइडी मेसिन कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले अस्पताललाई प्रदान गरेका हुन।

मन्त्री हाङ्गामले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेनडेन्ट डा. प्रनाम जयरुलाई एइडी मेसिन हस्तान्तरण गरे।

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको समन्वयमा प्राप्त भएको स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको प्रदेशमन्त्री हाङ्गामको सचिवालयले जनाएको छ।

हृदयघातजस्ता आपतकालीन स्वास्थ्य समस्या आइलागेमा उक्त एइडी मेसिन तुरुन्तै प्रयोग गर्न पाएमा ज्यान जाने जोखिम टर्न सक्ने बताइएको छ।

दुर्गम जिल्लाको अस्पताललाई धेरै महत्त्वपूर्ण मेसिन प्राप्त भएकाले जिल्लावासीलाई थोरै भए पनि राहत मिलेको मन्त्री हाङ्गामले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *