दीपावली र छठमा सम्पूर्ण शल्यक्रिया निःशुल्क

0
Shares

birat

मोरङ, ५ कात्तिक – विराट मेडिकल कलेज टिचिङ अस्पताल टङ्कीसिनबारी विराटनगरले नेपालीको दीपावली र छठ पर्वका अवसरमा चिरेर गरिने सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने भएको छ ।

मेडिकल कलेजले चिरफार गरेर गरिने सम्पूर्ण शल्यक्रिया निःशुल्क गरिएकोे अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले बताए। अध्यक्ष डा कार्कीका अनुसार थोरै खर्चमा धेरै बिरामीले फाइदा लिऊन् भन्ने सो कलेजको मुख्य उद्देश्यले निःशुल्क शल्यक्रिया गर्न लागिएको हो ।

विराट मेडिकल कलेज टिचिङ अस्पतालले अगामी दिनमा विभिन्न गाउँ र बस्तीबीच शिविर सञ्चालन गरेर लक्षित समुदायमा सेवा पु¥याउने पनि अध्यक्ष कार्कीको भनाइ छ । अध्यक्ष कार्कीका अनुसार सो टिचिङ अस्पतालसँग स्तरीय मेसिन र विशेषज्ञ चिकित्सक छन् ।

सो मेडिकल कलेजका व्यवस्थापक प्रमुख कृष्ण कँडेलले गरिब तथा निमुखा जनताका लागि अब सर्वसुलभ र आर्थिक विपन्न भएका परिवारलाई निःशुल्क उपचार गरिने समेत बताए । मेडिकल कलेजले सबै सस्तो र राम्रो उपचार गरिरहेको हुनाले पूर्वाञ्चलका विभिन्न स्थानबाट आउने कोसी राजमार्गमा नै रहेको हुनाले ट्रमा सेन्टरका रुपमा विकास गरिने समेत व्यवस्थापक प्रमुख कँडेलले बताए।

सो अस्पतालले विभिन्न उपचार, स्वास्थ्य सेवा ओपिडी, जनरल वार्ड, अत्याधुनिक सुविधा सम्पन्न आइसियु, एनआइसियु, शल्यक्रिया थिएटर, गर्भवती जाँच, निःशुल्क डेलिभरी, रक्तसञ्चार/सञ्चय केन्द्र, अत्याधुनिक प्याथोलोजी, डिजिटल एक्स–रे तथा भिडियो एक्स–रे सेवा, सिटी स्क्यान सेवा र लिथोट्रिप्सी (नचिरीकन किड्नीमा भएको पत्थरीको उपचार गर्ने प्रक्रिया) सेवा साथै दूरबिनबाट पित्तथैलीमा भएको पत्थरी, एपेन्डिक्स तथा पाठेघरको शल्यक्रिया जस्ता रोगको निदान गर्दै आएको जानकारी कलेजका प्रसाशन प्रमुख सुधीरसिंह राठौरले दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *