राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करीब साढे दुई अर्बको बजेट स्विकृत

१२ जना सिनेट सदस्यमा मनोनित
176
Shares

काठमाडौँ ८ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड २५ लाख १२ हजार ९६७ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत मंगलबार बसेको प्रतिष्ठानको पाँचौँ सिनेट बैठकले अघिल्ला आर्थिक वर्षका बजेट तथा कार्यक्रम अनुमोदन गर्दै चालु आर्थिक वर्षको बजेट स्विकृत गरेको हो ।

सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/ ०८३ को बजेट तथा कार्यक्रम सम्वन्धमा प्रस्ताव तयार गर्न रजिष्ट्रार डा श्याम लम्सालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले अस्पतालको सेवा विस्तार, शैक्षिक कार्यक्रम सञ्चालन, अनुसन्धान तथा तालीम र सामुदायिक स्वास्थ्य सेवा विस्तार सम्वन्धी नीति, कार्यक्रम तथा योजना समेत स्वीकृत गरेको छ ।

यसैगरी बैठकले ४०० शैय्या क्षमताको अस्पताल निर्माण परियोजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पुरा गरेर परियोजना अगाडी बढाउन पहल गर्ने निर्णय भएको छ ।

सभाले रिक्त सिनेट सदस्यहरुमा बलिभद्र राना, प्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी र सुदीप गौतम सहित १२ जनालाई मनोनयन गर्ने निर्णय गरेको रजिष्ट्रार डा लम्सालले जानकारी दिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *