प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत

412
Shares

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत गरेका छन् ।

स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. टङ्क बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए ।

सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेलले मङ्गलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद बैठकमार्फत स्वास्थ्य बिमामा सुधारसम्बन्धमा निर्णय हुने जनाइएको छ ।

मन्त्री पौडेलले स्वास्थ्य बिमामा सुधार गर्दै पाँच लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताए । प्रतिवेदनमा पाँच लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ ।

मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले तयारी गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *