मेडिकल काउन्सिलको आकस्मिक बैठक आज बस्दै
काठमाडौँ, २० असोज – नेपाल मेडिकल काउन्सिलको यसबर्षको पहिलो बैठक आज आकस्मिक रुपमा बस्दैछ । गत १७ असोजमा स्वास्थ्य मन्त्रालयले बैठक बस्न स्वीकृति दिएपछि आज बैठक बस्न लागेको हो ।
दिउसो एक बजे बस्ने बैठकको मुख्य एजेन्डा मेडिकल कलेजहरुले सुरु गरेको भर्ना प्रक्रियाको विषयमा हुने बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयले र काठमाडौँ विश्वविद्यालयले एमबीबीएस र बीडीएसमा आफ्ना मेडिकल कलेजलाई सिट निर्धारण गरि भर्ना गर्न थालेपछि काउन्सिलको आकस्मिक बैठक बस्न लागेको हो ।
सिटको अन्तिम निर्णय गर्नुअघि काउन्सिलले मेडिकल कलेजको निरीक्षण गर्नेगर्दछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



