मिर्गौलाका बिरामी खड्कालाई पाँच लाख सहयोग

0
Shares

काठमाडौँ, २० असोज –  मिर्गौलाका विरामी प्रेमबहादुर खड्कालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

ललितपुरमा विहीबार आयोजित सहयोग कार्यक्रममा सांसदद्धय उदयशमशेर राणा, चन्द्र महर्जन र समाजसेवी तथा नेपाली काँग्रेस महासमिति सदस्य जीतेन्द्रबहादुर श्रेष्ठले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

मिर्गौलाका बिरामी खड्काको सहयोगार्थ समाजसेवी श्रेष्ठको संयोजकत्वमा चलचित्र वडा नं ६ को विशेष प्रदर्शन गरी रकम सङ्कलन गरिएको हो । मङ्गलबार ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हलमा उक्त चलचित्र प्रदर्शनी गरिएको र त्यसबाट उठेको रकम र अन्य सहयोग रकम गरी रु पाँच लाख सङ्कलन भएको श्रेष्ठले जानकारी दिए ।

सहयोग रकम पाएपछि खड्काले सहयोगका लागि सबैलाई धन्यवाद दिए । समाजसेवी श्रेष्ठले एकआपसमा सहयोगी भावना नै नेपालीपनको सौन्दर्य भएको बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *