क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सम्पन्न

340
Shares

काठमाडौं,  ९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको हर्नियाको शल्यक्रिया भएको छ । क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा बुधबार शल्यक्रिया भएको हो ।

अस्पतालका प्रबन्धक डा। अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो ।

लामिछानेको शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको हो ।

‘यस अस्पतालको शल्यचिकित्सा विभागद्वारा क्रिकेटर सन्दीप लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो ।

उहाँको शल्यक्रिया शल्यचिकित्सक डा. दीपक शर्मा नेतृत्वको टिमद्वारा भएको हो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *