नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० जना सदस्य मनोनित (सूची सहित)

1.1k
Shares

काठमाडौँ, ११ पुस । नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विभागको प्रमुख रहेका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव नेतृत्वमा रहने गरी १० जना सदस्य मनोनित गरेका हुन् ।

मनोनित हुनेहरुमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ समेत रहेका अवकाशप्राप्त डा सुशीलनाथ प्याकुरेल (ललितपुर) स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा लक्ष्मीराज पाठक (कैलाली) नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ (अर्घाखाँची) रहेका छन् ।

यस्तै डा. अनिलकुमा झा (सप्तरी) डा. सुमन कर्माचार्य (रामेछाप), श्यामचन्द्र यादव (धनुषा) ईश्वर कार्की (झापा) विष्णुप्रसाद भट्टराई (स्याङ्जा), पुजा फुयाल ( सोलुखुम्बु) र वुधिसरा सुनुवार (सुर्खेत) रहेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनय गरिएको बताइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *