कान्ति बाल अस्पतालको अध्यक्षमा सुवेदी

728
Shares

काठमाडौँ, ५ पुस । सरकारले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा श्रीराम सुवेदीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्षको पदावधी दुई वर्षको रहने प्रावधान छ ।

कान्तिमा यसअघि रहेका अध्यक्ष डा बाबुराम गौतमको पदावधी दुई महिना अघि सकिएको थियो ।

यसैगरी आजकै मन्त्रिपरिषद् बैठकले पर्साको पोखरिया अस्पताल प्रदेश सरकारले सञ्चालन गर्ने गरी ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।

पोखरिया अस्पताल हालः १५ शय्यामा सञ्चालनमा रहेको छ। पोखरिया अस्पतालको स्तरोन्नति गर्न माग गर्दै यसअरिाष्ट्रिय मुक्ति पार्टी नेपालले अस्पतालमै असोजमा ११ दिनसम्म धर्ना दिएको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *