नेपाल नर्सिङ संघमा प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको प्यानल नै बिजयी

काठमाडौँ, २९ मंसिर । नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि हिजो सम्पन्न निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै बिजयी भएको छ । केही वेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो ।
अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १३७० मत मात्रै प्राप्त गरिन । यस्तै अध्यक्ष पदको अर्को उम्मेद्धार बसन्ती थापाले २८२ मत मात्रै प्राप्त गरिन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा शर्मा समूहका रमेश सुब्बाले २०६० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले १५९७ मत मात्रै ल्याउन सकिन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



