नुवाकोटमा अल्काको निशुल्क स्वास्थ्य शिबिर, ५ सय बढीको परीक्षण
ललितपुर ९ असोज – जाउलाखेलस्थित अल्का अस्पतालले नुवाकोटमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमा ५ सय बढीको स्वास्थ्य परीक्षण भएको छ ।
काठमाडौँ नक्सालस्थित सत्य साइ संगठनको समन्वयमा नुवाकोटको ककनी गाविसस्थित रानीपौवामा आइतवार सम्पन्न स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुति रोग, जनरल फिजिसियन, दन्त रोग, आ“खा रोगसम्बन्धी समस्या भएका बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिबिरमा आएका बिरामीहरुलाई अस्पतालले चिकित्सकको सिफारिस अनुसार औषधी समेत निशुल्क बितरण गरेको थियो । शिविरमा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. आङ डोल्मा लामा, डा. शुष्मा लोम्सनसहित दर्जनबढी स्वाथ्यकर्मीको टोली खटिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




