पहिरोले अस्पतालको भवन भत्कियो

0
Shares

खोटाङ, ७ असोज –  नयाँ भवन निर्माणका लागि घडेरी सम्याउने क्रममा पहिरो झरेपछि जिल्ला अस्पताल खोटाङको प्रशासन भवन भत्किएको छ । भवन निर्माणका लागि घडेरी सम्याउने क्रममा भित्ताबाट सुरु भएको पहिरोले तानेपछि अस्पतालको प्रशासन सञ्चालन हुँदै आएको चारकोठे भवन भत्किएको हो ।

स्काभेटर प्रयोग गरेर घडेरी सम्याउने क्रममा पानी उब्जिएर भित्ता झर्न थालेपछि अस्पतालको थप दुईवटा शौचालय र शव परीक्षणगृहसमेत जोखिममा परेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरेर अस्पताललाई बुझाउने गरी खानी निर्माण सेवा प्रालिले भवन निर्माणको काम थालेको थियो ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण अस्पतालको प्रशासन भवन भत्किएको अनुमान गरिएको छ । अस्पतालमा सहरी विकास भवन डिभिजन कार्यालय उदयपुरको दुई करोड ३६ लाखको लागतमा कार्यालय प्रयोजनका लागि अढाइ तले भवन बनाउन लागिएको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *