आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको निमित्त महानिर्देशक बने डा. श्यामबाबु यादव

408
Shares

काठमाडौँ, २६ कात्तिक । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. श्यामबाबु यादवले पाएका छन् । त्यहाँ महानिर्देशक रहेका डा प्रदीप केसीलाई सिंहदरबार बैद्यखानाको पूर्ण जिम्मेवारी दिएपछि रिक्त महानिर्देशक पदमा निमित्तको रुपमा डा. यादवलाई दिइएको हो ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार (हिजो) मन्त्रीस्तरीय निर्णय गर्दै बरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ (अधिकृत दशौँ तह) डा. यादवलाई आर्थिक तथा प्रशासनिक अधिकार सहितको निमित्त महानिर्देशक बनाएका हुन् । उनी यसअघि सोही विभागमा दोस्रो बरिष्ठ कर्मचारीको रुपमा कार्यरत थिए ।

विभागको महानिर्देशक पद भने एघारौँ तहको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *