स्वास्थ्य चौकीलाई निःशुल्क जग्गादान

0
Shares

jagga

बैतडी, २ असोज –  यहाँस्थित हटैराज–४ का स्थानीय बासिन्दा धौल चन्दले निःशुल्क रुपमा स्वास्थ्य चौकीलाई जग्गादान गर्नु भएको छ ।

चन्दले स्वास्थ्य चौकी भवन निर्माणका लागि पाँच रोपनी जग्गादान गरेको हटैराज स्वास्थ्य चौकीका इन्चार्ज जगदीश भट्टले जानकारी दिए।
जग्गादान गरेसँगै स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुनाका साथै उक्त ठाउँमा स्वास्थ्य चौकी भवन निर्माण भएपछि स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ ।

एक्स–रे मेसिन बिग्रँदा बिरामीलाई समस्या

जिल्ला अस्पताल बैतडीमा एक्स–रे मेसिन एक हप्तादेखि बिग्रँदा बिरामीलाई समस्या भएको छ ।

एक्स–रे मेसिन बिग्रँदा चोटपटक लागेका बिरामीलाई चेकजाँच गर्न समस्या भएको हो । करिब २० वर्ष पुरानो एक्स–रे मेसिन जिल्ला अस्पतालमा रहेको र प्राविधिकहरुले बिग्रेको मेसिन बनाउन नसक्ने बताएपछि नयाँ मेसिन ल्याउनुपर्ने अवस्था रहेको जिल्ला अस्पताल बैतडीका डा नीरज आचार्यले जानकारी दिए।

एक महिना अगाडि बिग्रेको एक्स–रे मेसिन बीचमा मर्मत गरेर सञ्चालनमा ल्याइएको भए पनि फेरि बिग्रेपछि समस्या भएको डा आचार्यले बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *