विशेषज्ञ चिकित्सकका लागि नाम दर्ता परीक्षा मंसिरको तेस्रो साता हुने

काठमाडौँ, १४ कात्तिक । चिकित्सा शिक्षामा स्नातकोत्तर तह उत्तीर्ण गरेका चिकित्सकहरुलाई लिईने विशेषज्ञ नाम दर्ता (विशेष) परीक्षा आगामी मंसिरको तेस्रो साता हुने भएको छ ।
नेपाल मेडिकल काउन्सिलले सो सम्वन्धमा आज सूचना सार्वजनिक गर्दै जानकारी दिएको हो । काउन्सिलका अनुसार विशेष परीक्षा आगामी मंसिर २० र २१ मा गर्ने निर्णय गरेको उल्लेख छ । परीक्षामा सहभागी हुन चाहनेहरुले २ मंसिरसम्म अनलाइन आवेदन दिन भनिएको छ।
काउन्सिलले आजै देखि आवेदन खुला गरिएको बताएको छ । परीक्षा सधाजस्तै पुल्चोकस्थित इन्जिनियर संस्थान हुनेछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



