प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली

0
Shares

राजविराज, ३१ भदौ –  सप्तरीको जमुनी मधेपुरा गाविस– २ स्थित जोमनीटोलमा चार/पाँच दिनदेखि झाडापखालाको प्रकोप फैलिएपछि सो प्रभावित ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेका छन् ।

दिसा, पिसाव र दुषित पानीका कारण हुने झाडापखाला फैलिएको जमुनी मधेपुरा गाउँमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य निरीक्षक राजनारायण ठाकुरको नेतृत्वमा एक टोली त्यहाँ पुगेर उपचार थालेको छ ।

झाडापखाला प्रकोपका कारण त्यहाँका प्रत्येक परिवारका एक÷दुई जनामा यो रोग देखा परेपछि पीडित भएकालाई जिल्ला जनस्वास्थ्य कार्यालयका टोलीले गाउँमै राखेर औषधोपचार थालिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

झाडापखालाबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारयाण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने तयारी भइरहेको जानकारी जनस्वास्थ्य अधिकृत झाले दिए ।

झाडापखालाका प्रकोपवाट उक्त गाविसका २५ परिवारका करिब ६० जना भन्दा बढी बिरामी परेका छन् ।

यसैबीच झाडापखालावाट प्रभावित क्षेत्रमा यसवाट बच्ने उपायका वारेमा विभिन्न सङ्घ संस्थाले स्थानीयवासीमा सचेतना अभियान सञ्चालन गरेका छन् ।
रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *