उपराष्ट्रपति यादवको हर्नियाँको शल्यक्रिया सफल

108
Shares

काठमाडौँ, ७ कात्तिक । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको हर्नियाँको शल्यक्रिया सफल भएको छ ।

उपराष्ट्रपति यादवका निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालका अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको हर्नियाँको शल्यक्रिया सफल भएको हो ।

उपराष्ट्रपति यादव मङ्गलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको शल्यक्रिया प्राडा रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड   लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानको टिमले गरेको हो ।

उपराष्ट्रपति यादवलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गर्ने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *