देशभर डेंगी संक्रमितको संख्या २२ हजार नाघ्यो

32
Shares

काठमाडौँ, ६ कात्तिक । देशभर डेंगी संक्रमितको संख्या २२ हजार नाघेको छ ।

सन् २०२४ जनवरीदेखि २१ अक्टोबरसम्म २२ हजार ८२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको छ ।

यो अवधीमा डेंगीबाट  सबैभन्दा धेरै काठमाडौँमा ३ हजार ५९४ जना संक्रमित भएका छन् ।

त्यस्तै, कास्कीमा ३ हजार १८८, तनहुँमा २ हजार १९५ ,पर्वतमा १ हजार ५८८ र चितवनमा १ हजार २० जना संक्रमित भएका छन् ।

यी बाहेक अन्य जिल्लामा संक्रमितको संख्या १ हजारभन्दा कम छ । यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी संक्रमण फैलिएको ईडीसीडीले जनाएको छ ।

डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *