इजरायली राष्ट्रपति पेरेजको स्वास्थ्यमा सामान्य सुधार

0
Shares

simon-peris

इजरायल, २९ भदौ – नोभेल शान्ति पुरस्कार विजेता तथा इजरायलका पूर्व राष्ट्रपति सिमन पेरेजको स्वास्थ्यमा सामान्य सुधार देखिएको उनले उपचार गराइरहेको अस्पतालले बुधबार जनाएको छ ।

त्रियानब्बे वर्षीय पेरेजलाई मङ्गलबार मस्तिष्कघात भएपछि बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको उपचारमा संलग्न चिकित्सक यित्जाहक क्रेसले बताए ।

क्रेसका अनुसार उनलाई बढी उमेरका कारण शल्यक्रिया गरेर उपचार नगरिने तर औषधि दिएर हुनसक्ने उपचार दिइनेछ ।

बुधबार पेरेजको स्वास्थ्यमा सामान्य सुधारका सङ्केत देखापरे पनि उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

उनलाई मेसिनद्वारा कृतिम स्वास प्रदान गरिराखिएको छ । पेरेज समय समयमा होसमा आउने भएको बताइएको छ । चिकित्सकले पेरेजलाई दिइराखिएको औषधि केही घटाएर हेर्ने बताएका छन् । रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *