बिरामी बोकेको एम्बुलेन्स बीच बाटोमै रोकिँदा २ बिरामीको मृत्यु

60
Shares

काठमाडौँ, १३ असोज । सिन्धुलीबाट बिरामी बोकेर काठमाडौँतर्फ जाँदै गरेको एम्बुलेन्स बीच बाटोमै रोकिँदा २ जना बिरामीको मृत्यु भएको छ ।

सिन्धुली सदरमुकामबाट बिरामी लिएर काठमाडौं हिँडेका दुईवटा एम्बुलेन्समा रहेका बिरामीको मृत्यु भएको हो।

सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जानजिकै बाढी र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा बिहीवारदेखि बीचबाटोमै एम्बुलेन्स रोकिएको थियो।

बाटोमा अलपत्र पर्दा अन्य तीनवटा एम्बुलेन्सका बिरामीको अवस्थासमेत नाजुक बन्दै गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

बीच बाटोमा नै एम्बुलेन्स रोकिएपछि कमलामाई नगरपालिका ४ मल्लागाउँ सिन्धुलीका एक जना करिव ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र बर्दिवास नगरपालिका ८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो।

भुजेलको शुक्रबार र सिँजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *