गोरखामा ७३३ जनामा डेंगी संक्रमण

20
Shares

काठमाडौँ, १० असोज । गोरखाामा सात सय ३३ जनामा डेंगी सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार गत साउन, भदौ र असोज १० गतेसम्म सात सय ३३ जनामा डेंगी सङ्क्रमण देखिएको हो।

साउन १ गतेदेखि असोज १० गते बिहीबारसम्म जिल्लाको गोरखा नगरपालिाकामा ५ सय ८३ जना, पालुङटार नगरपालिकामा ५६ जना, आरुघाट गाउँपालिकामा ६२ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।

यस्तै भिमसेन थापा गाउँपालिकामा २ जना, सहिदलखन गाउँपालिकामा १२ जना, अजिरकोट गाउँपालिकामा ३ जना, बारपाक सुलिकोट ३ जना र गण्डकी गाउँपालिकामा १० जना, चुमनुब्री गाउँपालिकामा २ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।

३ सय ७३ जनामा स्क्रब टाइफस

यस्तैगरी, ७० दिनको अवधिमा गोरखामा ३ सय ७३ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।

जसमा गोरखा नगरपालिकामा १ सय ५५ जना, आरुघाट गाउँपालिकामाम १ सय ४३ जना, पालुङटार नगरपालिकामा ५६ जना, सिरानचोक गाउँपालिकामा ८ जना, भिमसेन थापा गाउँपालिकामा ८ जना र शहिद लखन गाउँपालिकामा ३ जना स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *