बैतडीमा १४ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान

140
Shares

बैतडी, ८ असोज । बैतडीमा १४ वर्षीया एक विवाहित किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् ।

भदौ २६ गते डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी १४ वर्षीया किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।

अस्पतालका अनुसार उनले जन्म दिएको पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोस्रो सन्तानको तौल १ किलो ७५० ग्राम रहेको बताइएको छ ।

शिशुहरूलाई आइसियु वार्डमा राखिएको छ । दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बालकुमारी बस्यालले जानकारी दिइन् ।

गत वर्ष मात्रै प्रेम विवाह भएको र यस वर्ष दुवै सन्तानलाई सकुशल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमानले जानकारी गराएका छन् ।

२० वर्ष उमेर नपुगेका महिलामा पाठेघरको विकास राम्रोसँग नहुने भए पनि १४ वर्षको उमेरमै जुम्ल्याहा बच्चालाई जन्म दिएको घटना दुर्लभ मानिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *