कुष्ठरोगबाट पीडित वीरबहादुरको उपचार सुरु
जाजरकोट, २६ भदौ – अर्थाभावका कारण कुष्ठरोगबाट पीडित भई जङ्गलमा बस्दै आएका नायकवाडा– ८ ताँसीका वीरबहादुर विकको उद्धार गरिएको छ । अहिले उहाँको सुर्खेतमा उपचार भइरहेको छ ।
आइएनएफ’ सुर्खेतले उद्धार लगत्तै भदौ १६ गतेदेखि उपचार सुरु गरेको हो ।
ताँसीका वीरबहादुर कुष्ठरोग लागेपछि ५ वर्षदेखि जङ्गलमा बस्न वाध्य थिए । पचास वर्षीय वीरवहादुरसँग सम्पत्तिको नाममा दुई वटा कुखुरा मात्र थियो ।
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका महामारीजन्य रोगका सम्पर्क व्यक्ति कृष्णबहादुर खत्री र स्थानीय पत्रकार तीर्थराज बोहराको सहयोगमा उनलाई जिल्ला सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको हो । बिरामी वीरबहादुरको यातायात, बिरामी हेरदेख सबै खर्च आइएनएफ सुर्खेतले बेहोरिरहेको सम्पर्क व्यक्ति खत्रीले जानकारी दिए ।
यातायातको पहुँच नभएका कारण वीरबहादुर अब मेरो जीवन यतिकै जङ्गलमै जान्छ भनेर दिनरात रुँदै बाँचिरहेका थिए । कुष्ठरोगले गर्दा ठूल्ठूला घाउ शरीर भरि रहेपनि उपचारसँगै अहिले विस्तार सुक्दै गएको छ । रासस
सम्पर्क इमेल : [email protected]