डा. कोइरालाको नेतृत्वमा बन्दै गरेको बाल अस्पतालका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५० लाख सहयोग

108
Shares

काठमाडौँ, ३१ भदौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले प्राडा भगवान कोइरालाको नेतृत्वमा बन्दै गरेको बाल अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको जनाएको छ । आइतबार एक कार्यक्रमका बीच उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले किओचका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् ।

बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायव महाप्रबन्धक सुर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनयनाथ न्यौपाने लगायतका पदाधिकारीहरु तथा किओचका तर्फबाट डा. भगवान कोइराला, भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैंकबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्य लिई स्थापना भएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *