स्वास्थ्य राज्यमन्त्रीमा तारामान गुरुङ ?
काठमाडौँ, २३ भदौ – नेपाली कांग्रेसले संखुवासभा १ बाट प्रत्यक्ष निर्वाचित सांसद तारामान गुरुङलाई स्वास्थ्य राज्यमन्त्रीको रुपमा सरकारमा पठाउने तयारी गरेको छ ।
कांग्रेस उच्चस्रोतका अनुसार केही दिन भित्र विस्तार हुने मन्त्रीमण्डलमा गुरुङलाई राज्यमन्त्रीको स्वास्थ्य राज्यमन्त्रीकोरुपमा पठाउने करीब करीब पक्का भएको छ । स्वास्थ्यमन्त्री गगन थापा भन्दा १३ बर्ष जेठा गुरुङले मानबिकीमा स्नातक गरेका छन् ।
विसं २०३६ सालको जनमत संग्रहदेखि नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै राजनीति सुरु गरेका सांसद गुरुङले २०४७ साल पछि मात्रै पार्टी राजनीति सुरु गरेका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



