नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी क्यान्सर पिडीत महिलाको मृत्यु

340
Shares

काठमाडौँ, १६ भदौ । हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फाल्दा एक जना क्यान्सर बिरामी महिलाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङ शनिबार अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाबाट हामफालेकी थिइन्।

उनको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो।

हामफालेर गम्भीर घाइते भएसँगै उनलाई पाटन अस्पतालमा लगिएको थियो ।

आइतबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । हरिसिद्धिमा तामाङको थाइराइड क्यान्सरको उपचार भइरहेको थियो । प्रहरीले उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *