वीर अस्पतालकी सिनियर नर्सिङ अधिकृत सुभद्रा रेग्मीको निधन

11.2k
Shares

काठमाडौँ, १३ भदौ । वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ । वीर अस्पतालमै एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा आज दिउसो उनको निधन भएको हो ।

हिजोसम्म डिउटीमै खटिएकी रेग्मी आज पूर्वनिर्धारित योजना अनुसार साघुरिएको मुटुको इलाज गर्न आफैले गाडी चलाएर आफैले काम गर्ने वीर अस्पताल पुगेकी थिईन् ।

परीक्षण पछि त्यहाँका मुटु विभागका चिकित्सकहरुले एन्जीयोप्लास्टी गरेर साँघुरिएको दुईवटा रक्तनलीमा स्टेन्ट हालेका समेत थिए । तर अचानक उनको स्वास्थ्य विग्रिया, मुटु बन्द भयो र निधन भयो ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले एन्जीयोप्लास्टी अहिले सामान्य भनिए पनि कहिले काँही नसोचेका जटिल यस भित्र आइदिने भन्दै नर्सिङ इन्जार्च रेग्मीको केशमा पनि त्यहि भएको उनले बताए ।

‘वीर अस्पतालको पुरानो र सिनियर दिदी हो । हिजो सम्म बिरामीको सेवा गरिरहेको र आज पनि आफै गाडी हाँकेर आउनु भएको थियो । साँघुरिएको मुटुको रक्तनलीमा स्टेन्ट हाल्नका लागि वीरकै विभागमा भर्ना हुनु भयो । तर एक्कासी कम्प्लिकेसन आयो,’ डा. पौडेलले अगाडी थपे, ‘हामी सबै वीर परिवार नै स्तव्ध छौँ ।’

मृतक रेग्मीको एक जना छोरी विदेशबाट आउनु पर्ने भएकोले उनको शबलाई त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

6 thoughts on “वीर अस्पतालकी सिनियर नर्सिङ अधिकृत सुभद्रा रेग्मीको निधन”

  1. अत्यान्तै दुखद खबर 😭💔, दिदीको आत्मको चिरशान्तिको कामना! दिदीले मानिस स्वस्थ्य हुनका लागि र समाज स्वस्थ्य वनाउनका लागि गरेको ठुलो योगदानको उच्च सम्मान गर्दै हार्दिक श्रध्दान्जली व्यक्त गर्दछु। परिवारजन, आफन्तजन र साथीहरुमा गहिरो समवेदना! 🥲🥲 हामी सधै मीस गर्नेछौ!!! 😘😘

    1. अत्यान्तै दुखद समाचार । मृत चीर शान्तिकाे कामना सहित भावपूर्ण श्रद्धाञ्जली तथा शाेकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

  2. धेरै दुख लाग्यो, खोइ के भनौ, आफू पनि सरकारी स्वास्थ्य सेवा मै धेरै बर्स सेवा गरेर अबकाश पायेर, केही बर्स देखि प्राइभेटमा काम गरि रहेको मान्छे। अलिक अचम्म लाग्यो। हुन त 1 % सम्म mortality हुन सक्छ भनेर सम्बन्धित literature मा भनियेको छ, तै पनि किन 1% मा नै पर्यो, प्रागिक हिसाबले पनि अनुसन्धान चै हुनु पर्छ भन्ने लाग्यो ।

  3. हे दैब जे सुन्नु पर्यो नि यस्तो ।डा तिर्थ Regmi सर हजुर माथि पर्न गयेको यो अकल्पनीय बज्रपातले मर्माहत वनायो। भाउजूको आत्माको वैकुण्ठ वास होस भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। तपाईँलाई परमात्माले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन साथै शोकाकुल परिवार जनमा हार्दिक समवेदना ब्यक्त गर्दछु।

  4. अत्यान्तै दुखद समाचार । मृत चीर शान्तिकाे कामना सहित भावपूर्ण श्रद्धाञ्जली तथा शाेकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *