डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो, सबैभन्दा धेरै तनहुँमा

52
Shares

काठमाडौँ, ४ भदौ । देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार देशभर ४ हजार ९७ जनामा डेंगी संक्रमण देखिएको हो ।

जसमध्ये तनहुँ जिल्लामा सबैभन्दा बढी ७८१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ३८०, कास्कीमा ३५१, पर्वतमा १७७, चितवनमा १५७ र झापामा १४९ जना संक्रमित भएका छन्। यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ।

त्यस्तै देशका ७७ जिल्ला मध्ये मुस्ताङ, हुम्ला र जुम्ला बाहेक ७४ जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

यो वर्ष हालसम्म डेंगी संक्रमणबाट दुईजनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ।

केही दिनअघि डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको थियो भने त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डेंगी सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *